|

काठमाडौं : बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको छ। सरकारले अध्यादेशमार्फत ल्याएको चिकित्सा शिक्षा विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकी हुन्। 

सरकारले कात्तिक ६ गते ल्याएको चिकित्सा शिक्षा विधेयक लामो समयसम्म पारित नगरेपछि बिहीबार डा. गोविन्द केसीले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए। त्यसको भोलिपल्ट शुक्रबार विधेयक पारित भएको हो। 'प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालयमा आएको चिकित्सा शिक्षा विधेयक आज राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको छ' राष्ट्रपति विद्या भण्डारीका प्रेस सल्लाहकार माधव शर्माले भने। 

केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनको आधारमा चिकित्सा शिक्षा विधेयक आउनुपर्ने माग गर्दै पटक पटक अनसन बसेका डा. गोविन्द केसीले एक हप्ताभित्र विधेयक प्रमाणीकरण नगरे अनसन बस्ने चेतावनी दिएका थिए।

संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयक केही राजनीतिक दलको विरोधका कारण पारित हुन सकेको थिएन। उक्त विधेयकलाई सरकारले संसद स्थगित भएको समयमा अध्यादेशमार्फत ल्याएको हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.