|

काठमाडौं : नेपाल र चीनको सम्बन्धलाई बलियो बनाउन तिब्बती सांस्कृतिक सम्पदामा आधारित अन्तरराष्ट्रिय डिजिटल कला प्रदर्शनी सुरु भएको छ। 

काठमाडौँस्थित सिन्ह्वा समाचार समिति र चाइना मोबाइल तिब्बत कम्पनीको संयुक्त आयोजनामा चार दिनसम्म चल्ने उक्त प्रदर्शनी लाजिम्पाटको सांग्रिला होटलमा गरिएको छ। ‘इन्टरनेशनल डिजिटल आर्ट एक्जिविशन अन तिब्बेतियन कल्चर हेरिटेज’ शीर्षक सो प्रदर्शनीमा तिब्बतका प्राचीन कला, संस्कृति, सम्पदा, पर्यटनलगायत विषयवस्तुलाई आधुनिक डिजिटल प्रविधिमा समावेश गरिएको छ। 

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले प्रदर्शनी उद्घाटन गर्दै र रानीपोखरीको पुनःनिर्माणमा पुरानो सम्पदालाई संरक्षण गर्दै पर्यटकीय क्षेत्रको विकास हुने गरी पुनःनिर्माण गरिने विचार व्यक्त गरे। त्यस्तै सिन्ह्वा समाचार समितिका काठमाडौं ब्यूरो प्रमुख झौ सेङपिङले तिब्बतका परम्परा, धर्म, संस्कृति तथा मनोरम दृष्यले धेरैलाई प्रभाव पारेको बताउँदै नेपाल र चीनको संस्कृतिको आदानप्रदानका लागि प्रदर्शनी महत्वपूर्ण रहेको विचार व्यक्त गरे।

प्रदर्शनीको मुख्य आकर्षण हो भर्चुअल रियालिटी। प्रदर्शनीमा पाहुनाहरुले भर्चुअल रियालिटीको हेडसेट लगाएर प्रदर्शनस्थलबाट नै तिब्बत घुमेको जस्तै मजा लिन सक्नेछन्। यस प्रविधिले संसारको एउटा कुनामा बसेर अर्को  कुनै शहरको बारेमा जाकारी लिन सक्छन र त्यहाको अध्ययन अनुसन्धान पनि गर्न सक्छन्।प्रदर्शनी चार दिन सम्म चल्नेछ। 

हेर्नुस् फोटोहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.