|

काठमाडौं: गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत 'भाइरल भइदियो'को भिडियो सार्वजनिक भएको छ। गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा भनिरहेका छन्।

स्वर, शब्द तथा संगीत मानस राजको रहेको यस गीतको भिडियोलाई सविन कार्की 'बिष्ट'ले तयार पारेका छन्। भिडियोमा सविनको लोभलाग्दो नृत्यसँगै भिडियोमा पनि कथा प्रस्तुत गरेका छन्। भिडियोमा आठ वर्षकी दीक्षा ठकुरीको मनोरञ्जक नृत्यसमेत छ।

गीतका गायक, रचनाकार तथा संगीतकार मानस राजले लेखेको फिल्म 'रेशम फिलिली'मा समावेश गीत 'पिरतीको छाता ओढाउँला' निकै चर्चित बनेको थियो। त्यस्तै, फिल्म 'डायरी'को चर्चित 'माया माया'मा पनि मानसको शब्द तथा संगीत छ।

हेर्नुहोस् भिडियो: 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.