|

काठमाडौं : 'फाटेको जुत्ता' निर्माता अर्जुन कुमार र नायिका प्रियंका कार्कीबीच मनमुटाव देखिएको छ। बिहीबार राजधानीमा आयोजित 'फाटेको जुत्ता'को सफलता सेलिब्रेसन कार्यक्रममा 'फाटेको जुत्ता'की मुख्य नायिका प्रियंका कार्की उपस्थित थिइनन्।

निर्माता अर्जुनले त्यही कार्यक्रममा 'फाटेको जुत्ता २' निर्माण घोषणा पनि गरे। 'फाटेको जुत्ता' टिम नै रहने गरी घोषणा गरिएको 'फाटेको जुत्ता २'मा प्रियंका भने नरहने निर्माता अर्जुनले बताएका थिए। प्रचार प्रसारमा साथ नदिएको भन्दै प्रियंका प्रति रुष्ट देखिन्थे अर्जुन। अर्जुनले भनेका थिए 'प्रियंकालाई यसको प्रोमोसनमा हिँड्दा फाइदा नहुने भएकाले होला उनी हिडिनन्।'

यही कुराको उत्तर दिएकी छिन् नायिका प्रियंका कार्कीले। शुक्रबार राजधानीमा आयोजित फिल्म 'बटरफ्लाई'को गीत रिलिज कार्यक्रममा उनले यस कुराको उत्तर दिएकी छिन्। 'म रहरले 'फाटेको जुत्ता'को प्रचारमा नहिँडेको होइन' उनले भनिन् ''शत्रु गते'को छायांकनका लागि वीरगञ्जमा भएकाले फिल्मको प्रचारमा हिँड्न सकिन।' उनले निर्माता अर्जुन कुमारले लगाएको आरोप आफूलाई मन नपरेको पनि बताएकी छिन्।  

प्रियंकाले 'फाटेको जुत्ता २' लाई शुभकामना पनि दिइन्। 'फाटेको जुत्ताको सिक्वेल बन्ने भएछ, खुसी लाग्यो। राम्रो कामको लागि शुभकामना दिन चाहन्छु', प्रियकाले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.