खेलकुद

काठमाडौंको मूलपानी क्रिकेट मैदानको उद्घाटन आज
SHARES

कात्तिक २५, २०७४

    काठमाडौं :  काठमाडौंको मूलपानीमा बनेको माथिल्लो मूलपानी क्रिकेट मैदानको शनिबार औपचारिक उद्घाटन हुँदैछ। मैदान निमार्णको काम सकिएसँगै उद्घाटन गर्न लागिएको हो। राष्ट्रिय खेलाडी र पूर्वखेलाडीबीच मैत्रीपूर्ण खेल खेलाएर मैदानको औपचारिक उद्घाटन गरिने नेपाल क्रिकेट संघ क्यानका कार्यसञ्चालन अधिकृत छुम्वी लामाले जानकारी दिए।

    मैदान खेल्न योग्य छ भन्ने सन्देश दिन मैत्रीपूर्ण खेल आयोजना गरिएको लामाले बताए। १३ वर्षअघि निर्माण सुरु भएको मैदान विभिन्न कारणले ढिला गरी निर्माण सम्पन्न भएको हो। माथिल्लो मूलपानी क्रिकेट मैदान खेल्न योग्य भएपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानको विकल्प तयार भएको छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]