|

काठमाडौं : केकी अधिकारी र नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘राज्जा रानी’को पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार युट्युब मार्फत ‘चिप्पक चिप्पक’बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द, नरहरी प्रेमी र सुमिना लोको स्वर रहेको छ।

मधेसको परिवेशमा रहेर तयार परिएको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नाजिर र केकी फिचारिङ छन्। विक्रम स्वाँरको करियोग्राफी रहेको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका छन् भने त्यसको सम्पादन चन्दन दत्तले गरेका छन्। 

'आर्यन फिल्मस् प्रोडक्सनले निर्माण गरेको फिल्म पुस २८ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा यम थापाको लेखन तथा निर्देशन रहेको छ भने 'राज्जा रानी'लाई रमेश एमके पौडेलको लगानी छ।

हेर्नुहोस् गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Dherai ramro geet." supap song "