|

सुर्खेत : अवैध रुपमा सुर्खेतको वीरेन्द्रनगरतर्फ ल्याइदै गरेको १२० थान सालको चिरान काठसहित जिल्ला वन कार्यालय सुर्खेतले २ वटा गाडी र ४ जनालाई पक्राउ गरेको छ।

वीरेन्द्रनगर नगरपालिका ६ स्थित पाण्डे एग्रोभेट सेन्टरको कुखुरा बोक्ने गाडीमा हालेर ल्याइदै गरेको चिरान काठसहित मध्यराति अनुसन्धानमा खटिएको टोलीले वीरेन्द्रनगरको प्रवेशद्धवार बांगेसिमलबाट ४ जनालाई पक्राउ गरेको हो।

जिल्ला वन कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले लु १ च ८३६३ र लु २ च ३४३ नम्बरको जिपसहित चालकहरु वीरेन्द्रनगर–२ गणेश सुनार र डोलबहादुर सुनार तथा सहचालक वीरेन्द्रनगर १८ का अर्जुन बस्याल र लालबहादुर विकलाई पक्राउ गरेको हो।

जिल्ला वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज विष्टका अनुसार सुर्खेतको बराहताल गाउँपालिका–८ कुम्भिकोटबाट काठ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र यसबारे थप अनुसन्धान भइरहेको भन्दै अपराध पुष्टि भए वन ऐन अन्तर्गत मुद्दा चलाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.