|

कालिकोट : अछामको कमलबजारमा हावाबाट बिजुली निकालिएको छ। कमलबजारमा २० किलोवाट हावाबाट र ११ किलोवाट सोलारबाट बिजुली उत्पादन गरिएको छ। कमलबजार क्षेत्रका १४५ घरमा हावाबाट भदौ महिनादेखि बिजुली बालिरहेको छन्।

हावाको माध्यमबाट विजुली उत्पादन गरी गाउँनै झिलिमिलि बनेपछि खुशी भएको कमलबजारका भीम खतिवडाले बताए। ‘कमलबजारको हवाई मैदान नजिकैबाट सञ्चालनमा ल्याइएको उक्त विद्युत बजार क्षेत्रमा वितरण गरिएको छ’ उनले भने,‘अघिल्लो वर्ष मंसिर तेश्रो साताबाट हावाबाट बिजुली निकाल्ने काम सुरु भएको थियो।’ स्थानीय उपभोक्ता समितिले वैकल्पिक ऊर्जा केन्द्रलाई झण्डै ३० लाख बढी रुपैयाँ तिर्न नसकेपछि विद्युत सञ्चालनमा ढिलाई भएको थियो।

कमलबजार नगरपालिकाका कार्यकारी प्रमुख लोकहरि थापाका अनुसार वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको सहयोग, स्थानीयको नगद र जनश्रमदानसहित एक करोड ५७ लाखमा उक्त विद्युत सञ्चालनमा आएको बताए। ‘विद्युत उपयोग गरेवापत उपभोक्ताले प्रतियुनिट १० रुपमा समेत शुल्क तिरिरहेका छन्’ उनले भने, ‘उपभोक्ताबाट संकलन गरिएको रकमले प्राविधिकको तलब र अन्य मर्मत लगायतमा खर्च गरिनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.