भीमदत्तनगर : बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ।
अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ ख २७२३ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले जानकारी दिए।
'गम्भीर घाइते पाँच जनालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालतर्फ पठाएका छौँ ', उनले भने। दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्धारमा खटिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।