|

दाङ : दाङको लमही–१ नर्तिमा ट्रक र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

भालुबाङबाट लमही आउँदै गरेको ना१ज १३४५ नम्बरको ट्याक्सी र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७५५५ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा राप्ति गाउँपालिकाकी रामपति चौधरी र अर्की नाम ठेगाना नखुलेकी महिलाको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइते ५ जनाको लमही अस्पताल उपचार भइहेको छ भने अन्य ५ जनाला२ रिफर गरिएको छ। ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.