|

काठमाडौं : एसीसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतसामु १८६ रनको मध्यम चुनौती पेस गरेको छ। मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन जोड्यो।

नेपालको पारीमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रनको योगदान गरे। १०१ बल खेल्दै २ छक्का र ६ चौका प्रहार गरेका ऐरीले नेपाललाई बलियो टोलीविरुद्ध मध्यम स्कोरसम्म डोहोर्‍याए। दीपेन्द्रका अलावा ओपनर जितेन्द्र सिंहले ३६ र भीम सार्कीले १५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतका लागि आदित्य थाकरे र अभिषेक शर्माले समान २/२ विकेट लिए। बाँकी ४ विकेट अन्य ४ बलरले बाँडे। टेस्ट मान्यताप्राप्त टोली भारतको युवा टिम प्रतियोगिताकै सशक्त टिम हो। आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.