|

काठमाडौं :  प्रहरी अस्पताल सर्वसाधरणहरुका लागि समेत खुला भएको छ। यसअघि, बहालवाला तथा अवकाशप्राप्त प्रहरी र तिनका आश्रित परिवारलाई मात्र सेवा दिंदै आएको अस्पतालले आइतबारदेखि सर्वसाधरणलाई समेत सेवा दिन सुरु गरेको हो।

अस्पतालमा आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अस्पतालले सर्वसाधारणलाई दिने सेवाबारे जानकारी दिएका छन्। सो सेवाको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक अर्यालले अस्पतालमा रहेको सेवा सुविधामा आमनागरिकको समेत पहुँच पुग्ने उद्देश्यले सेवा प्रदान गर्न लागिएको बताए।

 उनले भने, 'अहिलेसम्म प्रहरी कर्मचारी उनका परिवार र अमर प्रहरीका परिवारले मात्र सेवा पाउने गरेको यस अस्पतालमा आजदेखि आमसर्वसाधरणमा  समेत यहाँको सेवा सुविधा पहुँच होस् भनेर हामीले सेवा सञ्चालन गरेका हौँ। यो हाम्रो लागि हाम्रो सेवा र सुविधाबारे आमनागरिकले जाँच गर्ने मौकासमेत हो।'

०४० मा स्थापना भएको काठमाडौं महाराजगञ्जस्थित यस अस्पतालमा हाल दैनिक ५ सयदेखि १ हजार जनासम्म प्रहरी र तिनका आश्रित परिवारले सेवा लिँदै आएकोमा आजदेखि हरेक दिन दिउँसो साढे १ देखि ३ बजेसम्म सर्वसाधरणको लागि खोलिने व्यवस्था मिलाइएको अस्पतालका मेडिकल डाइरेक्टर डा . दिनेश चन्द्र पोखरेलले बताए।

उनले भने, 'हामीले दिउँसो साढे १ देखि ३ बजेसम्म सर्वसाधरणको लागि ओपिडी खुला गरेका छौँ हरेक दिन ८ बजेदेखि प्रहरी र तिनका परिवारको लागि सेवा दिँदै आइरहेका छौँ यसरी नै दिउँसो साढे १ देखि ३ बजेसम्म सर्वसाधरणको लागि ओपिडी खुला गरेका छौँ।'

 हाल अस्पतालले सर्वसाधरणको लागि पुरुष र महिलालाई १०/१० वटा जनरल वेड, ८ वटा इमर्जेन्सी वेड / ४ वटा पोस्‍ट अप्रेसन बड छुट्याइको र आवश्यक परेको खण्डमा सो संख्या बढाइने समेत डा. पोखरेलले बताए।

 भूतपूर्व र वहालवाला प्रहरी कर्मचारीलाई नि:शुल्क उपचार सेवा दिँदै आएको अस्पतालले सर्वसाधरणलाई भने न्यून शुल्कमा उपचार सेवा प्रदान गर्ने डा. बस्नेतले बताए।

उनले भने, 'हाल वहालवाला प्रहरीको लागि नि:शुल्क उपचार सेवा हुँदै आएको छ भने, अन्यको लागि न्यून शुल्कमा उचार हुँदै आएको  छ। यसरी नै हामीले सर्वसाधरणको लागि अन्य सरकारी असपतालसरह न्यून शुल्कमा उपचार सेवा प्रदान गर्नेछौँ।'

हाल अस्पतालमका भएको जनशक्तिले बिरामीलाई सेवा प्रदान गर्न सक्षम भए पनि अस्पतालको सेवालाई मनपराएर बिरामीको चाप बढेमा  अहिलेको जनशक्ति अपुग हुन सक्ने समेत डा. पोखरेले बताए।

'हाम्रो सेवालाई आमसर्वसाधरणले मन पराएर बिरामीको संख्या बढेमा हालको जनशक्ति अपुग हुनसक्छ। यसमा सम्‍बन्धित निकायले जनशक्ति बढाउनुपर्ने हुन्छ' डा. पोखरेलले भने।

अस्पतालको तथ्या‌कअनुसार हाल १ सय ५० वटा बेड रहेको अस्पतालमा १ सय २३ जना चिकित्सक र ५८ जना विशेषज्ञ चिकित्स कार्यरत रहेका छन्। दैनिक ५ सय देखि १०० जना सम्म प्रहरी , तीनका आश्रित परिवार र अमर प्रहरी परिवारले सेवा लिँदै आएका छन्। हाल अस्पतालमा न्युरो र मुटु सर्जरीबाहेक सम्पूर्ण उपचार सेवा हुँदै आएको  अस्पतालले जनाएको छ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले नेपाली सेना र नेपाल प्रहरीको अस्पतालबाट सर्वसाधारणलाई पनि उपचार सेवा दिलाउन पहल गरेका थिए। सेनाको अस्पतालले  २६ फागुन ०७३ देखिनै नै सर्वसाधारणलाई सेवा दिन थालिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.