|
फाइल फोटो

  • भोजराज कार्की-

सोलुखुम्बु : प्राविधिक तथा दक्ष जनशक्ति अभावमा जिल्लामा पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन। गाउँमै दक्ष र प्राविधिक जनशक्ति नभएपछि पुनर्निर्माणको काम अघि बढ्न नसकेको हो।

०७२ को विनाशकारी भूकम्पका कारण सोलुखुम्बुमा क्षति भएकामध्ये १२ हजार ६ सय २६ घरधुरी लाभग्राहीको सूचीमा छन्। लाभग्राहीको सूचीमा परेका प्रभावितहरुले धमाधम पहिलो किस्ताबापतको अनुदान रकम बुझिरहेका छन्।

तर, हालसम्म जिल्लाको ६ हजार ९ सय २९ लाभग्राहीले पहिलो किस्ताबापतको अनुदान बुझिसकेका छन् तर, निर्माणको प्रक्रिया भने शून्य छ। प्राविधिक नहुँदा अनुदान रकम लिइसकेका लाभग्राहीहरु यतिखेर कसरी घर बनाउने  भन्ने अन्योलपूर्ण अवस्थामा छन्।

राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमार्फत लाभग्राही सूचीमा परेका भूकम्प प्रभावितले रकम पनि बुझिरहेका छन्। रकम वितरण कार्यलाई गति दिँदै समयमै प्राविधिकहरु गाउँ गाउँमा खटिन सके पुस माघको जाडो अस्थाई टहरामा कटाउनुपर्ने बाध्यता हट्ने  दुधकौसीका गाउँपालिका ७ का नैनबहादुर खत्रीले बताए।

यस्तै, सोताङ गाउँपालिका १ पावैका डेरबहादुर कार्कीले भने, ‘अनुदान रकम बुझेको महिनाँै भयो तर, प्राविधिक नभएपछि घर निर्माण गर्न  सकिएन।’ कार्कीले थपे, ‘आपूmखुसी घर बनाउनु पनि नमिल्ने भन्छन्, अनि कसरी घर बनाउने अन्योल बढ्यो।’

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सोलुखुम्बुका प्रमुख श्याम कुमार श्रेष्ठले बैंकबाट रकम बुझे पनि पीडितहरुलाई घर बनाउनुभयो? भन्ने प्रश्नमा इन्जिनियर नभएपछि काम गर्न नसकेको सबैबाट जवाफ आउने गरेको जानकारी दिए।

साविकका गाविस चौरीखर्क, नाम्चे, खुम्जुङ, गोली र साविक दूधकुण्ड नगरपालिकाका लाभग्राहीहरुलाई अनुदान वितरण गर्न प्रक्रिया अघि बढिरहेको जिल्ला समन्वय समिति सोलुुखुम्बुका भूकम्प स्रोत व्यक्ति भोजनारायण राज भण्डारीले जानकारी दिए। अन्य गाविसका   लाभग्राहीको रकम वैंकमा गइसेकेको हुनाले वितरण अन्तिम चरणमा पुगेको उनले बताए।

निजी आवास पुनर्निर्माण र जिल्लाको पुनर्निर्माणबारे राजभण्डारीले   भूकम्प प्रतिरोधी घरको डिजाइनबारे प्राविधिकको सल्लाह नलिइकन व्यक्तिले आपूmखुसी गरे अनुदान रकम प्रभावितले नपाउने बताए। प्राविधिकको व्यवस्था गर्ने जिम्मा भूकम्प पुनर्निर्माण जिल्ला कार्यान्वयन एकाइ ओखलढुंगाले पाएको उनको भनाइ छ। 

अहिले भूकम्प पुनर्निर्माण प्राधिकरणमा इन्जिनियरहरु छनोटका लागि अन्तर्वार्ता भइरहेकाले करिब एक हप्ता भित्रमा इन्जिनियरहरु कार्य क्षेत्रमा खटिइसक्ने  जिल्ला कार्यन्वयन एकाइ ओखलढुंगाका प्रमुख सुबास बस्नेतले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.