|

चितवन : रत्ननगर नगरपालिका स्थित टिकौलीमा आइतबार बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किदा १५ यात्रु घाइते भएका छन्।

दुर्घटनामा परेर घाइते भएकामध्ये ४ जनाको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना २ ख ४२२६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २२०० नम्बरको तेल टुयांकर एक आपसमा ठोक्किदा दुर्घटना भएको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए।

दुर्घटनामा बसका चालक राप्ती ६ का राजकुमार तामाङ, यात्रुहरु रत्ननगरकी सवनम खातुन, मखमली धिमाल र खैरहनीका हरि गिरीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

आज दिउँसो १२ : १० बजेको समयमा भएको दुर्घटनामा परी घाईते भएकाहरुको अहिले भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार कजेल अफ मेडिकल साईन्सेज शिक्षाण अस्पताल भरतपुरमा ३ जना, चितवन मेडिकल कलेजमा ११ जना र एकजनाको सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.