|

काठमाडौं : नेपाली कांग्रेसका तर्फबाट दाङ क्षेत्र नम्बर २ 'क' का उम्मेदवार हुन् कमल किशोर घिमिरे। दाङ रामपुरका स्थानीय बासिन्दा घिमिरे १४ वर्षको उमेरदेखि राजनीति गर्दै आएका छन्। जिल्लाको शिक्षित/सम्पन्न परिवारमा जन्मिएका कमलकिशोर परिवारमा रहेको राजनीतिमा वातावरणकै कारण राजनीतिमा आएका थिए।

बुबम ऋषिराम शर्मा घिमिरे (जो जयतु संस्कृतमका प्रणेता थिए) तथा दाजु कृष्णकिशोर घिमिरेको प्रभावमा रहेर राजनीतिमा आएका कमलकिशोर इन्जिनियरिङको पढाइ छाडेर राजनीति गर्दै आएका छन्। तिनै कमलकिशोर घिमिरे राष्ट्रिय राजनीतिका स्थापित दाङका नेता नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलसँग चुनाव लड्दै छन्। जिल्लाको राजनीतिमा चिनिएका कमलकिशोर र शंकरबीचको प्रतिस्पर्धालाई दाङमा मुख्य चासोको रुपमा हेरिएको छ।

का‌ंग्रेसले गरेको सत्याग्रह तथा इन्जिनियरिङ पढ्दा आन्दोलनमा लाग्दा गिरफ्तार भएपछि इन्जिनियरिङ छोडेर राजनीतिमा आएका कमलकिशोर आफूलाई सीमान्त जनताको प्रतिनिधि मान्छन्। तिनै जनताका लागि काम गर्दै आएकाले अहिले पार्टीले टिकट दिएको उनी बताउँछन्।

'सीमान्त जनताको प्रतिनिधि हुँ म, उनीहरुकै लागि म अहिले चुनावमा उठिरहेको छु', उनले भने, 'जनताको मतका कारण उसको उचाइ बढ्ने तर त्यो उचाइ जनतालाई दाब्‍नका लागि प्रयोग हुने प्रवृत्ति छ। त्यो गलत छ र हुनुहुँदैन, जसले जनताका कारण मेरो उचाइ बढेको हो भन्ने कुरा बिर्सन्छ यो अत्यन्तै गलत छ।'

का‌ंग्रेसको इमानदार कार्यकर्ता भएर जनताका लागि काम गर्दै आएको भन्दै उनले राजनीति समाज रुपान्तरको बलियो साधन हो भन्ने कुरामा विश्वास राख्‍ने बताउँछन्।

म यहाँको धर्तीपुत्र हुँ : कमलकिशोर

एमाले नेता पोख्रेलका प्रतिस्पर्धी रहेका कमलकिशोर मतका हिसाबले वाम गठबन्धनभन्दा ८ हजार मतले पछाडि छन्। तर, पनि आफू दाङ जिल्लाको धर्तीपुत्र भएकाले आफूले जित्ने कुरामा विश्वस्त रहेको बताउँछन्। 'य यहीँको धर्तीपुत्र हुँ हेर्नुस्, यो मेरो कर्मस्थल हो', उनी भन्छन्, 'मैले पाउनुपर्ने काम गरेको छु/छैन मलाई थाह छैन तर सदैव यहाँका जनताको सुखदुखमा सधैँ सँगै छु। बृद्ध बाबुआमा सँगसँगै बस्ने सन्तान कति महत्वपुर्ण हुन्छ त्यो तपाईंहरु बुझ्नुस्।'  

नेताहरुमा जनताभन्दा म फरक हुँ भन्ने गलत प्रवृत्ति रहेको भन्दै अहिले प्रोफाइल लगायतका कुरा आइरहेको उनी बताउँछन्। तर, जनताभन्दा ठूलो कोही नहुने उनको धारणा छ। 'अहिले ठूलो सानोको कुरो आएको छ। ठूलो कोही हुँदैन।

एउटा बाउआमाका लागि जति ठूलो सन्तान भए पनि सबै सन्तानको हैसियत समान हुन्छ,' घिमिरे भन्छन्, 'अझ बढी त्यो सन्तानले बाउआमाको सुखदुःखको सरोकार राख्छ त्यै ठूलो सन्तान हो।'

शंकर पोख्रेलसँग चुनावी प्रतिस्पर्धामा तीव्र तयारीमा रहेका कमलकिशोर केन्द्रीयस्तरका स्थापित नेता प्रदेशमा उठ्दा तल्लोस्तरका कार्यकर्तामा अन्याय भएको बताउँछन्। 'उहाँ केन्द्रीय नेता हुनुहुन्थ्यो उहाँ किन प्रदेशमा आउनुपर्‍यो ! भोलि प्रदेशका कुरा हुँदा असाध्यै तल गएर पनि उठ्दा सम्भावनाहरु रोकिदिने काम पनि भयो कि' उनले भने, 'उहाँमाथि अन्याय भएको छ त्यो कुरा पनि छ तर त्यो अन्याय सहनु पनि उहाँको कमजोरी हो कि !'

शंकर पोख्रेलले आफूमाथि आफैँले अन्याय गर्नुभो !

शंकर पोख्रेल आफैँमा पीडित भएको भन्दै उनले प्रदेशमा उठ्दा मुख्यरुपमा ३ कुरा भएको कमलकिशोर बताउँछन्। 'उहाँ (शंकर पोख्रेल)ले आफूमाथि  आफैँले अन्याय गर्नुभएको छ। उहाँ केन्द्रीय नेता हुनुहुन्थ्यो उहाँ प्रदेशमा उठ्दा तल्लोस्तरको कार्यकर्तामाथि अन्याय भएको छ। अर्को समाजमाथि पनि अन्याय भएको छ। एउटा केन्द्रीय नेताले आफ्नो हैसियत अनुसारको ठाउँमा उठ्नुपर्ने थियो' कमलकिशोरले भने।

गएको स्थानीय तहको मतको आधारमा वाम गठबन्धनभन्दा गएको स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो भने ८ हजार मतको अन्तर देखिन्छ। यस क्षेत्रमा वाम गठबन्धनको पक्षमा १८ हजार १२ मत छ भने कांग्रेसको पक्षमा ९ हजार ६ सय ५२ मत रहेको देखिन्छ। यो मतअनुसार  ८ हजार ३ सय ६० मतले नेता पोख्रेल अगाडि देखिन्छन्।

तर, आफू जनताका बीचमा भएकाले आफूले जित्ने कमलकिशोर बताउँछन्। 'चुनावी क्याल्कुलेसनका हिसाबले हामी ५/६ हजार मतले कम छौँ। तर, त्यो मत भनेको सामान्य मत हो, त्यो त्यति ठूलो फरक होइन, चुनाव जित्छु भन्नेमा म ढुक्क छु' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.