|

काठमाडौं : नेपाली सिने क्षेत्रमा रुचाइएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला नेपाली मिडियामा गसिपको बलियो स्रोत बनेकी छिन्। उनले अभिनय गर्ने भनिएका दुई फिल्म 'कायरा' र 'भैरवी'को कारण उनी मिडियामा छाइरहेकी छिन्।  

आर्यन सिग्देलले निर्माण गर्न लागेको फिल्म 'कायरा'मा उनी चयन भइसकेकी छिन्। आर्यन सिग्देलले आफ्नै फिल्म निर्माण कम्पनी 'आर्यन सिग्देल इन्टरटेन्मेन्ट' बाट उक्त फिल्म निर्माण गर्दैछन्। वर्किङ टाइटल 'कायरा' राखिएको उक्त फिल्ममा आर्यन र साम्राज्ञीको जोडी हेर्न पाइने छ।

फिल्मको लागि नायिका साम्राज्ञीसँग सम्झौता पनि भइसकेको छ। साम्राज्ञीलाई फिल्मको कथावस्तु मन परेका कारण यस फिल्ममा अभिनय गर्न लागेकी हुन्। लक्ष्मण रिजालले निर्देशन गर्ने उक्त फिल्मको सम्पूर्ण छायांकन फिलिपिन्स हुनेछ।

त्यस्तै उनले अभिनय गर्ने भनिएको फिल्म 'भैरवी' पनि हो। अहिलेका चल्तीका नायक प्रदीप खड्कासँग स्क्रिन शेयर गर्ने भनिएको फिल्म 'भैरवी'मा भने साम्राज्ञी औपचारिक रुपमा अनुबन्धित छैनन्। दिनेश राउतको निर्देशनमा बन्ने फिल्म 'भैरवी'को लागी साम्राज्ञीसँग कुरा गरिएको भए पनि फाइनल भने भएको छैन। केही मिडियामा साम्राज्ञी अनुबन्धित भएको खबर आए पनि स्रोतका अनुसार उनले 'भैरवी'को लागि त्यति चासो देखाएकी छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.