|

काठमाडौं : मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'झ्यानाकुटी'को गीत रिलिज भएको छ। रिलिज मिती नजिकिदै गर्दा फिल्मको स्याड भर्जन गीत सार्वजनिक गरिएको हो। आइतबार युट्युबमार्फत फिल्ममा समावेश 'भो मलाई चाहिन्दैन' बोलको गीत सार्वजनिक गरिएको हो। धर्मेन्द्र सेवानको स्वर रहेको गीतमा प्रदीप भारद्वाजको शब्द छ भने विकास चौधरीले संगीत भरेका छन् ।

मार्मिक भाव ब्यक्त गरिरहेको गीतको भिडियोमा सौगात मल्ल र बेनिशा हमाल फिचरिङ छन्। बेनिशाले सौगातलाई छोडेर गएपछि सौगातले भोगेको पिडालाई भिडियोमा देखाइएको छ।

नायिका निशा अधिकारीको निर्माण रहेको फिल्मलाई सिमोश सुनुवारले निर्देशन गरेका छन्। फिल्ममा सौगात र बेनिशाका अलवा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतको अभिनय रहेको छ। प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा हरी हुमागाईको छायाँकन, निर्देशक सुनुवारकै सम्पादन, निशा र सुनुवारकै नृत्य निर्देशन समावेश छ।

हेर्नुहोस् गीत : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.