|

साउदी अरेबिया नेतृत्वको हवाई सेनाले यमनको रक्षा मन्त्रालयमा हमला गरेको छ।

साउदी अरेबियाको सेनाले यमनको रक्षा मन्त्रालयमा शनिबार हवाई कारबाही गरेको समाचारमा जनाइएको छ। उक्त कारबाहीमा परी तीनजना गैर सैनिकको ज्यान गएको छ। अरु क्षतिको बारेमा भने केही बताइएको छैन।

हुथी विद्रोहीको सञ्चारमाध्यम अल मासिराहले सो जानकारी दिएको छ। उक्त सञ्चारकाअनुसार साउदी नेतृत्वको हवाई सेनाले शनिबार साँझको समय पारेर सो हमला गरेको थियो।

एक स्थानीय बासी मोहम्मद अतिफले भने– रातिको समयमा सेनाले रक्षा मन्त्रालयको भवनलाई लक्षगरेर हमला गरेको थियो र त्यसका कारण मेरो घर समेत हल्लेको थियो।

उनले निकै ठूलो आवाज आउनेगरी र शक्तिशाली हतियार रक्षा मन्त्रालयको भवनमा बर्साएको आफूले देखेको र आफू निकै डराएर बाहिर निस्किन पनि नसकेको उनले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.