|

काठमाडौं : रियल मड्रिडका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोको छोरी जन्मिएकी छन्। उनकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले आइतबार राति छोरीलाई जन्म दिएको रोनाल्डो आफैँले ट्वीट गरेर जानकारी दिएका छन्। उनले आफ्नी छोरीको नाम एलना मार्टिना राखेका छन्।

'एलना मार्टिना भर्खरै जन्मिइन्। जियो (प्रेमिका) र एलना दुवै ठीक छन्। हामी एकदमै खुसी छौँ,' रोनाल्डोले ट्वीट गरेका छन्। ट्वीटमा उनले आफ्नी प्रेमिका, छोरो र छोरीसहितको तस्बिरसमेत राखेका छन्।

रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर ७ वर्षको भइसकेका छन्। उनकी आमा को हुन् भन्ने कुरा अझै रहस्यमै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.