|

मुगु : फरक पार्टीलाई सहयोग गरेको भन्दै एक व्यक्तिले श्रीमतीलाई घरबाट निकालेका छन्। कांग्रेस समर्थक कर्मारोङ गाउँपालिका–८ मांग्री गाउँका ३१ वर्षीय निमाछिरिङ तामाङले दुई छोरीसहित श्रीमतीलाई घरनिकाला गरेका हुन्।

विगतका निर्वाचनमा छिमेकी तथा गाउँले अलगअलग राजनीतिक दलमा आबद्ध हुँदा धारा, पानीपँधेरो बार्ने, खेतीपाती गर्दा पार्टी गुटबन्दी गर्ने, वल्लोपल्लो घरबीच बोलचाल बन्द गर्नेजस्ता समस्या देखिन्थ्यो। यो क्रम गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सदरमुकाममा रहेको छायानाथ रारा नगरपालिकामा–१ का स्थानीयमा समेत यस्तो देखिएको थियो।

चुनाव सकिएसँगै एमाले, कांग्रेस भएकै कारण दाजुभाइ तथा छिमेकी पार्टीगत रूपमा सहभागी भई रोपाइँ गरेका थिए। स्थानीय तहको निर्वाचनमा निमाकी सासू एमालेको तर्फबाट वडासदस्य विजयी भएकी थिइन्। आफ्नी आमालाई मतदान गरेको, चुनाव प्रचारप्रसारमा समेत सहयोग गरेको, आफूले भनेको मान्छेलाई मतदान नगरेको भन्दै निमाले गत जेठमा घरनिकाला गरेपछि गाउँलेले मिलापत्र गरेका थिए।

तर आफूले भनेको मन्छेलाई भोट नहालेको भन्दै जाँड खाएर दैनिक कुटपिट गर्न थालेपछि पीडित महिला दुई छोराछोरीसहित छिमेकीको घरमा कोठा मागेर बस्दै आएकी छिन्। श्रीमानबाट थप दुःख पाउने डरले उनी न्यायका लागि कुनै पनि निकायमा उजुरी दिन गएकी छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.