|

चितवन : नारायणगढमा एक पुरुष मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित बालकुमारी स्कुल नजिक तरकारी मण्डीअगाडि अन्दाजी ६०, ६५ वर्षका माइला सार्की भनेर चिनिने व्यक्ति मृत भेटिएका हुन्।

उनको ठेगाना खुल्न नसकेकाले आफन्तको समेत पहिचान हुन सकेको छैन। शवलाई मुचुल्का गरेर  परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

मृत्युको कारण नखुलेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। उनको आफन्तसम्म खबर पुर्‍याउन आवश्यक सहयोगका लागि  जिल्ला प्रहरी कार्यालयले सबैमा अपील गरेको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.