रुपन्देही : रुपन्देहीमा प्रहरीको गाडीबाट हाम फाल्दा एक थुनुवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको सिद्धार्थनगर थाना नौतनवाका २५ वर्षीय विजयकुमुार खटिकको मृत्यु भएको हो।
जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धानका लागि ना१ग ६१३ नं.को जीपमा लैजाँदै गर्दा आइतबार साँझ ५ बजे लुम्बिनी रोडमा गाडीबाट हाम फालेका थिए। त्यसक्रममा अर्को गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।