|

गौशाला : जलेश्वर नगरपालिकाका एक वडाध्यक्ष गएराति दलित महिला वडासदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन्। वडा नम्बर ८ का अध्यक्ष विजयकुमार सिंह पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

वडाध्यक्ष सिंह गएराति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडासदस्यको घर गएका थिए। महिलाका देवर, ससुरा र जेठाजुले उनीहरूलाई आपत्तिजनक अवस्थामा देखेपछि दुवै जनालाई कोठामा थुनी गाउँलेलाई बोलाएका थिए। 

आफ्ना चार बालबालिकासँग सुतिरहेको बेला वडाध्यक्ष सिंह घरमा पसेरआपत्तिजनक अवस्थामा फेला परेको आरोप महिलाका परिवारका अन्य सदस्य तथा गाउँलेले लगाएका छन्। सो महिलाका घरका सदस्यहरु तथा गाउँलेले अध्यक्ष सिंह र महिलालाई पक्राउ गरी प्रहरी बोलाएर गए राति ११ बजे दुवैलाई प्रहरीको जिम्मा लगाएको थियो।

सिंह तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्ष विजयी भएका थिए। करिब नौ महिनाअघि वैदेशिक रोजगारीका क्रममा पतिको मृत्यु भएकी ती महिला गत असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलित महिला कोटामा सदस्य निर्वाचित भएकी थिइन्।

दुवैलाई गएराति नै मेडिकल जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए। प्रहरी उपरीक्षक कडायतले वडाध्यक्ष सिंह तथा महिला वडा सदस्यमाथि लगाइएको आरोपको सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Yasto manxe lai kada vanda kada sajaya hunuparxa