|

भद्रपुर (झापा) : झापामा मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। विर्तामोड नगरपालिका वडा नम्बर १ निवासी ३९ वर्षीय दिलबहादुर तामाङको ज्यान गएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

बिर्तामोड नगरपालिका– ६ स्थित रेखापुलनजिकै आइतबार साँझ ना३ख ४४६३ नम्बरको मालवाहक ट्रकले मे८प ९५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटना परी गम्भिर घाइते भएका चालक तामाङलाई बिएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.