अर्थ

अरुण तेस्रो र माथिल्लो कर्णालीलाई लगानी जुटाउन समय थप,कसलाई कति म्याद?
SHARES

कात्तिक २७, २०७४

    काठमाडौं : सरकारले अरुण तेस्रो जलविद्युत आयोजना र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउन ६ महिनाको समय थप गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको सोमबारको बैठकले २ ठूला जलविद्युत आयोजनाको लगानी जुटाउन ६ महिना समय थप गर्ने निर्णय गरेको हो।

    व्यवहारिक पक्षलाई समेत ध्यानमा राखेर दुवै आयोजनाको लगानी जुटाउन ६ महिनाको समय थप गर्ने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए। ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना र ९ सय मेघावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउने जिम्मा सरकारले भारतीय कम्पनीलाई दिएको थियो।

    लगानी बोर्डले काठमाडौं उपत्यकाभित्र विद्युतीय मेट्रो रेल निर्माणका लागि आवश्यक पूर्वाधारको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगको पूर्वाधार विभागलाई निर्देशन पनि दिएको छ। काठमाडौं उपत्यकाभित्रको विद्युतीय मेट्रो रेल निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न विभागलाई निर्देशन दिने निर्णय गरिएको पनि प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए।

    बोर्डले काठमाडौं उपत्यका भित्रको मेट्रो रेल निर्माणसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने जिम्मेवारी राष्ट्रिय योजना आयोगको पूर्वाधार विभागलाई दिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]