|

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंकबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ। सोमबार कतारको राजधानी दोहामा भएको कार्यक्रममा दुई पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरे। 

कतारका लागि नेपालका राजदूत रमेश कोइरालाको उपस्थित कार्यक्रममा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

यस सम्झौतापछि कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, बेलायत, क्यानाडा, बंगलादेश, लगायतका राष्ट्रहरुबाट दोहा बैंकको विप्रेषण प्रणाली (डी फास्ट) मार्फत नेपालमा रकम पठाउन सकिनेछ। यसरी नेपालमा पठाएको विप्रेषण रकम सिटिजन्स बैंकको नेपालका विभिन्न ६६ वटा शाखाबाट भुक्तानी पाउन सकिने बैंकले सोमबार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। 

कतारका लागि नेपालका राजदूत रमेश कोइरालाले यो सम्झौताले हुण्डी कारोबारलाई निरुत्साहित गर्न सहयोग पुग्ने बताए। बैंकका सिइओ राजनसिंह भण्डारीले यो सम्झौता कार्यान्वयनपछि नेपालको विप्रेषण व्यवसायलाई अझ व्यवस्थित बनाउन ठूलो सहयोग पुग्‍ने बताए। 

दोहा  बैंकका  प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि परस्पर हितका लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग मिलेर थप काम गर्न इक्छुक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.