|

हाल प्रदर्शनरत बलिउड फिल्म ‘गोलमाल अगेन’ दुई सय करोड क्लबमा प्रवेश गरेको छ। ६ वटा १ सय करोड क्लबमा आफ्नो फिल्म दोहोर्‍याउन सफल अजय देवगणको दुई सय करोड क्लबमा प्रवेश गरेको यो पहिलो फिल्म हो।

फिल्ममा अजयसँगै अर्सद वार्षी, तुसार कपूर, परिनिती चोपडा, तबु  लगायतको अभिनय छ। हरर कमेडी जनरमा निर्माण भएको 'गोलमाल'लाई रोहित सेट्टीले निर्देशन गरेका हुन्।

अजय देवगणले अक्षय कुमारलाई पछि पार्दै बक्सअफिसमा चौथो स्थान हासिल गरेका छन्। अक्षय कुमारको ८ फिल्म १ सय करोड क्लबमा दर्ता भए पनि कुनै पनि फिल्मले २ सय करोड कमाएका छैनन्। त्यसैले अक्षय अब बक्स अफिसको पाँचै नम्बरमा पुगेका छन्। 'गोलमाल एगेन'ले अहिलेसम्म २ सय १ करोडको व्यापार गरेको इन्डियन बक्स अफिसमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.