|

काठमाडौं : एनआईसी एशिया बैंकले सुरु गर्‍यो अनलाइन बचत खाता सञ्‍चालनमा ल्याएको छ। शून्य मौज्दातमै खोल्न सकिने यस खाताबाट बैंकमा उपस्थित नभई अनलाइन मार्फत रकम जम्मा गर्न सकिनेछ।

अनलाइन बचत खाता ग्राहकले आफूले चाहेको समयमा बैंकको वेवसाइटमा गई आवेदन भरी खाता खोल्न सकिनेछ। प्रविधिको प्रयोगबाट गाह्रकको सुविधाको लागि यस्तो बचत खाता सञ्‍चालन गरिएको बैंकका सूचना अधिकारी रोशनकुमार न्यौपानेले बताए।

एनआईसी एशिया बैंकले हालसम्म १३६ वटा बैंक शाखा,१४१ एटीएम शाखा विस्तार गरेको छ। यस बैंकको ग्राहक संख्या ६ लाख ३० हजार पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.