मनोरञ्जन

थानेश्वरलाई पिउने पनि र जिउने पनि रहर (भिडियो)
SHARES

कात्तिक २७, २०७४

    काठमाडौं: ‘पिउने पनि रहर छ’ बोलको गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गजल गायक थानेश्वर गौतमको स्वर रहेको गीतमा श्याम रेग्मीको शब्द र गायक गौतमकै संगीत सुन्न सकिन्छ। निर्देशक रोजल थापाले यस भिडियोको निर्देशन गरेका हुन्।

    सुरेश राउतको सम्पादन रहेको भिडियोका छायाकार रामेश्वर कार्की हुन्।

    नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङको नृत्य र रोमान्स समावेश गरिएको भिडियोलाई रोहित बस्नेतले कोरियोग्राफी गरेका छन्। भिडियोमा गायकलाई आफैँ पनि हातमा मदिरा बोकेर झुमिरहेको देख्न सकिन्छ ।

    यसअघि थानेश्वर गौतमले ‘बिर्सिएर शृंगारमा गाजल लगाइनछौं’, ‘स्याङ्जा गएँ पाल्पा गएँ’, ‘सिन्दूर लाउने हौली माया’, ‘यहाँ यस्तै हुन्छ प्यारी’सँगै फिल्म ‘रामप्यारी’मा समावेश ‘छमछम ती पाउजुहरू बजाएर नाच’ बोलको गीतमा समेत आफ्नो स्वर भरिसकेका छन्।

    हेर्नुहोस् भिडियो:

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]