|

  • मिला दरै-

तनहुँः गत बैशाख ३१ गते स्थानीय तह निर्वाचनमा मतदानका लागि दमौली आएको बेला हत्या गरिएका गायक विक्रम परियारलाई सरकारले शहिद घोषणा गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले परियारलाई शहीद घोषणा गरेको हो।

व्यास– १ भादगाउँ घर भई काठमाडौं बस्दै आएका परियार मतदानपछि व्यास– १ मा रहेको छाला फ्याक्ट्री क्षेत्रमा घुम्न निस्किएका बेला अज्ञात युवाहरूको समूहले ढुंगा प्रहार गरी हत्या गरेका थिए।

गायन क्षेत्रमा निकै लोकप्रियता कमाएका कलाकार परियारको हत्यालगत्तै उनलाई तत्काल शहीद घोषणा गर्न माग गर्दै दमौलीमा प्रदर्शन गरिएको थियो। 

कांग्रेसका वरिष्ठ नेता पौडेलले परियारलाई शहीद घोषणाका लागि निरन्तर पहल गर्दै आइरहेका थिए। शहीद घोषणा गरिएसँगै विक्रमका परिवारले १० लाख रूपैयाँ सहयोग पाउने भएका छन्। शहीद घोषणा कार्यको विक्रमका परिवारजन, आफन्त र अन्य शुभचिन्तकहरूले प्रशंसा गरेका छन्।

तनहुँ जिल्ला अदालतले विक्रमको हत्यामा संलग्न तीन जनालाई दोषी ठहर गरेको छ। दोषी अहिले जेलमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.