|
प्रतीकात्मक तस्विर

खोटाङ : राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर निधन भएको छ। पार्टीले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भिरबाट लडेर मृत्यु भएको हो। 

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी घर भएका ४९ वर्षीय विश्वकर्मा आइतबार कांग्रेसको टोलीसँग गाउँमा भोट माग्न गएका थिए। भोट मागेर राति घर फर्किएका उनी स्थानीय साल्लेभिरबाट लडेको स्थानीयवासीले बताएका छन्। 

घरबाट बिहान सबेरै हिँडेका उनीरातभर नआएपछि खोजी गर्ने क्रममा सोमबार मृत फेला पारिएको आफन्तले बताएका छन्। शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ। मृत्युबारेअनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.