समाज

गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा एसबीअाईको अवरोध
SHARES

कात्तिक २८, २०७४

    कञ्चनपुर : कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पुर्‍याएको छ। नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो। 

    नेपाली भूमिमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै हतियारसहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी निकासका लागि हालेको ह्युम पाइप निकाल्नुपर्ने दबाब दिएपछि विवाद भएको छ। 

    भारतीय पक्षको अवरोधका कारण सडक निर्माणको कार्य नै रोकिएको स्थानीयवासीले बताएका छन्। 'सडक निर्माणमा एसएसबीले अवरोध गरेपछि निर्माण काम रोकिएकोबारे जानकारी प्राप्त भएको छ', प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, 'भारतीय पक्षसँग छलफल गरेर चाँडै निर्माण कार्य अगाडि बढाइनेछ।'

    कल्भर्टको विषयलाई लिएर गत वर्ष फागुनमा भएको विवादमा भारतीय एसएसबीले चलाएको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक नेपालीले ज्यान गुमाएका थिए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]