राजनीति

पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा बम प्रहार
SHARES

कात्तिक २८, २०७४
    • जमुना राई-

    भोजपुर : पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ। मंगलबार बिहान १० बजे भोजपुर सदरमुकामदेखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावीसभामा जाँदै गर्दा टेम्के  मैयु गाउँपालिका ७ गुम्बामा राई सवार बा १५ च ५६० नम्बरको वानटन गाडीमा बम प्रहार भएको हो।

    चुनाव बहिष्कार गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम  प्रहार गरेको हुन सक्ने प्रहरीको आशंका रहेको छ। बम प्रहारबाट राईको सुरक्षामा खटिएका असई डिल्लीबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको र गाडीको अगाडिको भाग क्षति भएको राईका निजी सचिव तिलकराम राईले जानकारी गराएका छन्।

    पूर्वमन्त्री राई र अन्य कार्यकर्ता भने सकुशल रहेका निजी सचिव राईले बताए। १० जना जतिको समूहले राई सवार गाडीमा बम प्रहार गरेपछि राईको सुरक्षा गार्डले २१ राउण्ड गोली प्रहार गरेको थिए। पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य राई एक नं प्रदेशको मुख्य मन्त्रीको दाबीसहित प्रदेशतर्फ भोजपुर जिल्ला क्षेत्र नं २ का वाम गठबन्धनका उम्मेदवार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]