स्थानीय भन्छन्, रक्सी पोखे पाप लाग्छ हजुर

|

कालिकोट : आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कोष तथा लेखा नियन्त्रणको कार्यालय कालिकोटले अवैध रुपमा मदिरा बेच्ने घरेलु मदिरा नष्ट पार्ने काम तीव्र पारेको छ।

घरेलु मदिरा लगायतका अन्य मदिरा नियन्त्रणमा कडाइ गर्न थालेपछि घरेलु रक्सी बनाउनेहरु ‘रक्सी पोखे पाप लाग्छ हजुर’ भनेर प्रहरी प्रशासन अगाडि आग्रह गर्ने गरेका छन्।

आइतबार जिल्लाको संयुक्त अनुगमन टोली पचालझरना गाउँपालिकाको भुराबगर, फुगाड र राम्नाकोटमा अवैध मदिरा जफत र घरेलु मदिरा नष्ट गर्न पुगेको थियो। टोलीलाई भुराबगरमा घरेलु मदिराको कारखाना नै चलाएकी मन्दिरा बरालले भनिन्, ‘रक्सी पोखे पाप लाग्छ हजुर नपोख।’ उनले भनिन्,‘यो रक्सी बनाउने माल पोखे हामी के खान्या हौँ।’

रक्सी ढुवानीका साधन खच्चड

जिल्लाको सडक सञ्जालले नछोएका विकट गाउँमा खच्चडको प्रयोगबाट बजारको रक्सी ढुवानी हुने गरेको छ। सडक सञ्जालले नछोएका गाउँहरुमा खच्चडको प्रयोगबाट रक्सीको ढुवानी हुने गरेको पाइएको जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख जयकुमार कटुवालले बताए।

‘जिल्लाका विकट ठाउँमा रक्सी बोक्न खच्चडको प्रयोग भएको पाइयो।’ उनले भने, ‘जिल्लामा रक्सीका कारणले कति विकृति बढेको छ यसैबाट थाहा हुन्छ।’

इजाजतविना मदिरा बेच्ने बिक्री गर्ने ९ पसलमा सिलबन्दी

इजाजत पत्र नलिई मदिरा बिक्री गर्नेलाई जिल्लाका ९ पसलहरु सिलबन्दी गरिएको छ। जिल्लाको खाँडाचक्र नगरपालिका नगरपालिका र तिलागुफा नगरपालिका ९ वटा पसलमा सिलबन्दी गरिएको जनाएको छ।

इजाजत पत्र नै नलिई मदिराको कारोबार गर्ने मदिरा जफत र अयन्त्र जिल्लाबाट इजाजत पत्र लिएर कालिकोटमा ब्यापार गर्नेलाई ब्यापारीको पसलमा सिलबन्दी गरिएको कोष तथा लेखा नियन्त्रणको कार्यालय कालिकोटका प्रमुख जयकुमार कटुवालले बताए।

 ‘होटल तथा रेस्टुरेन्टले घरेलु (लोकल) मदिरा ग्राहकलाई बिक्री वितरण गर्न पाइँदैन। होटल तथा रेस्टुरेन्टहरुले मदिरा बेचविखन गर्न पाउने इजाजतपत्र लिए/नलिएको, पिउन लागेको मदिरा अन्तःशुल्कको नतिरे पसलहरुमा मदिरा जफत र सिल गरिएको छ।’ उनले भने, ‘अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री वितरण गरेको पाइएमा त्यो सामग्री जफत गरी संलग्नलाई पक्राउ तथा कानुनबमोजिम कारबाहीसमेत गर्न सकिनेछ।’

जिल्लामा विभिन्न ठाउँबाट करिब इजाजत पत्र नलिएर मदिरा कारोबार गर्नेबाट ५ लाख बराबार मदिरा जफत गरिएको र ४ लाख घेरलु मदिरा नष्ट पारिएको कोष तथा लेखा नियन्त्रक कार्यालय कालिकोटका प्रमुख कटुवालले बताए। ‘हामीले अवैध रुपमा बिक्री वितरण  नियन्त्रण गर्न करिब ५ लाख बराबरको मदिरा जफत गरेका छौँ।’ उनले भने, ‘४ लाख लिटर घरेलु मदिरा नष्ट गरेका छौं।’

चुनावका वेला मदिराका कारणले धेरै घटना हुने सम्भावना रहेका कारणले आपूmहरुले मदिरा नियन्त्रणको अभियान नै थालिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएपी सुवासचन्द्र बोहोराले बताए। ‘चुनावका वेला अधिकांश घटना मदिराका कारणले हुने गरेको छ।’ उनले भने, ‘त्यसलाई नियन्त्रणमा लिन कडा कदम चालेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.