राजनीति

उम्मेदवार शेरधन राईमाथि बम प्रहारको एमालेद्वारा विरोध
SHARES

कात्तिक २८, २०७४

    काठमाडौं : भोजपुरको प्रदेशसभा क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार पूर्वमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएकोमा नेकपा एमालेले विरोध जनाएको छ। निर्वाचन प्रचारको क्रममा उम्मेदवारमाथि आक्रमण हुनुलाई सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएको अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति मार्फत जनाएका छन्।

    'यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ। हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत गराउँछौं' ओलीको विज्ञप्तिमा भनिएको छ।

    एमालेले सरकारले संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराएको र सत्तारुढ दलका उम्मेदवार वरीपरी भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गरेको आरोप लगाएको छ। 'पूर्वदेखि पश्चिमसम्मका वाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ। हामी यस्ता खालका घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग गर्दछौं' ओलीले भनेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]