|

काठमाडौं : एसीसी यु १९ युथ एसिया कप क्रिकेटको मंगलबारको खेलमा नेपालले मलेसियाविरुद्ध जम्मा ४६ रनको लक्ष्य पाएको छ। मलेसियाको राजधानी क्वालालाम्पुरमा भएको समूह चरणको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाएर जम्मा ४५ रनमात्र जोड्न सक्यो।

मलेसियालाई सस्तैमा समेट्न सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए भने सहाब आलमले २ र अनिल कुमार साहले १ विकेट लिए। ४.३ ओभर बलिङ गरेका सन्दीपले जम्मा ८ रन खर्चेर ५ विकेट लिएका हुन्।

मलेसियाका लागि सइद अजिज सइद मुबारकले २० र विरन्दिप जगजित सिंहले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोरसमेत छुन सकेनन्। यसअघि समूह चरणकै अघिल्लो खेलमा नेपालले भारतलाई पराजित गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.