|

काठमाडौं : नेपालमा सफल फिल्मको सूचीमा पर्न सफल फिल्म 'ऐश्वर्य' अब जापानमा प्रदर्शन हुने भएको छ। 'ऐश्वर्य' नोभेम्बर १९ देखि जापानमा प्रदर्शन हुँदैछ। यस फिल्मका नायक तथा प्रस्तुतकर्ता रमेश उप्रेती यही साता फिल्म प्रदर्शनका लागि जापान जाँदै छन्।

नोभेम्बर १९ तारिख आइतबार टोकियोस्थित नाकानो जेरो हलमा प्रदर्शन हुने ‘ऐश्वर्य’ टोकियोपछि तोचिगी, नागोया, फुकुओकालगायत जापानका अन्य मुख्य शहरमा पनि प्रदर्शन हुने नायक उप्रेतीले बताए।

‘तिमी रोएको पल’ बोलको गीतका कारण पनि चर्चामा रहेको ‘ऐश्वर्य’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन्। फिल्ममा रमेश उप्रेतीसँगै केकी अधिकारी, प्रशान्त तम्राकार, दीपिका प्रसाई, निर्मल शर्मा, केशव भट्टराई, अर्जुनजंग शाहीलगायतको अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.