|


काठमाडौं : एमाले नेता माधवकुमार नेपालले एकता अभियानले केन्द्रदेखि स्थानीय तहसम्म जनतामा खुसियाली छाएको बताएका छन्। म‌ंगलबार यल्लो प्यागोडामा वाम गठबन्धनका उम्मेदवारको परिचयात्मक कार्यक्रममा  उनले यस्तो बताएका हुन्। काठमाडौंका १० निर्वाचन क्षेत्रका प्रतिनिधि र प्रदेशसभाका ३० उम्मेदवार उपस्थित थिए।

कार्यक्रममा उनले ९ गतेको एकताको साइत कसले जुराइदिएछ? भनी प्रश्न गर्दै व्य‌ग्य प्रहार गरेका थिए। उनले भने, '१० गते पहिलो चरणको चुनाव भएकोले साइत जुरेका छैन। दोस्रो चरणपछि साइत जुर्छ पार्टी एकता हुन्छ।' उनले एकताका लागि पार्टी एकता अभियान चलाउनुपर्ने पनि बताए।

उनले भने, 'जति स्थानीय तहमा हामी एकताबद्ध भएर जान्छौं त्यति नै केन्द्रमा एकताबद्ध हुनेछौं। एकतापछि कसैले गुनासो गर्ने स्थिति नबनोस्। नेताहरूको क्षमता हेरेर योग्यताअनुसार नेतृत्व होस् भनेर दुबै पार्टीका नेताको एकता समिति बनेको छ, चुनावमा खटिएको आधारमा परिक्षण हुनेछ।'

त्यसका लागि दुवै पार्टी कार्यक्रममा जुटेका र अहिले केन्द्रमा खुसी छँदै छ, स्थानीय तहमा झन् खुसी छ र जनतामा उत्साह थपेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.