|

काठमाडौैं : एसीसी अन्डर १९ एसिया कपमा नेपाल सेमिफानलमा पुगेको छ। नेपालले यो सफलता पहिलोपटक पाएको हो भने डिफेन्डङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ।

भारत र बंगलादेशबीचको खेलमा भारत पराजित भएपछि नेपालले रनरेटका आधारमा दोस्रो चरणको यात्रा सुनिश्चित गरेको हो। समूह 'ए' को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो। बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल समूहको उपविजेता बनेको हो।

समूह चरणको अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गरे पनि नेपालका दोस्रो चरणको संभावना भारत र बंगलादेशबीचको खेलमा निर्भर थियो। 

समूह ए बाट बंगलादेश समूह विजेताको रुपमा दोस्रो चरण पुगेको छ। प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन । नेपालले आइतबर भारतलाई १९ रनले पराजित गरेको थियो भने आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.