राजनीति

चुनावमा मतदाताले हयान्डसम हेरेर हैन विचार हेरेर भोट हाल्छन् : अध्यक्ष ओली
SHARES

कात्तिक २८, २०७४

    काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा मतदाताले हयान्डसम हेरेर हैन विचार हेरेर भोट हाल्ने बताएका छन्। म‌ंगलबार यल्लो प्यागोडामा वाम गठबन्धनका उम्मेदवारको परिचयात्मक कार्यक्रममा  उनले यस्तो बताएका हुन्। काठमाडौंका १० निर्वाचन क्षेत्रका प्रतिनिधि र प्रदेशसभाका ३० उम्मेदवार उपस्थित थिए।

    कार्यक्रममा ओलीले आफूहरुले छिमेकी मुलुकहरुसँग असल सम्बन्ध चाहेको बताए। उनले आफू प्रधानमन्त्री हुँदा सहजै समस्या समाधान गरेको तर, अहिलेको बबुरो सरकार निरीह बनेको भन्दै उनले प्रधानमन्त्री देउवालाई व्यग्य प्रहार गरे। कोलकातामा नेपाली ट्यांकरहरु रोकिँदा लाखौंको घाटा व्यहोर्न बाध्य हुँदा पनि सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाए। उनले राज्य मुनाफाखोरी हैन सेवामुखी हुनपर्ने बताए।

    वाम गठबन्धनबाट आत्तिएर कांग्रेसले अनेक आरोप लगाउने गरेको भन्दै ओलीले भने, ' सानेपाले आइएसओ प्रमाणित गरेर कम्युनिस्टहरु लोकतान्त्रिक हुन् भनिरहन पर्दैन।' उनले थपे, कांग्रेसले कहिले कम्युनिस्टले बूढाबूढी मार्छ त कहिले के के भन्दै अनेकौं आरोप लगाइरहेको छ। कांग्रेस विदेशमा समाजवाद भन्छ तर स्वदेशमा आत्तिन्छ।'

    निर्वाचनको वेला गृहले बाढीपिडितका नाममा पैसा बाँडेर मत प्रभावित पार्न खोजेको आरोप लगाए। उम्मेदवारमाथि बम प्रहारको विषय चुनावी सुरक्षामा सबैको चिन्ता र चासो बनेको पनि उनले सुनाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]