|

संखुवासभा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारलाई लक्षित गरी बम विस्फोटका घटना बढ्दै गएका छन्। पछिल्लो केही दिनयता उम्मेदवारलाई लक्षित गरेर  विभिन्न चार स्थानमा बम विस्फोट गराइएको छ।

मंगलबार मात्र पूर्वी पहाडी जिल्लामा निर्वाचन प्रचारमा हिँडेका उम्मेदवारलाई लक्षित गर्दै दुई स्थानमा बम प्रहार गरिएको छ। भोजपुरमा एमाले नेता शेरधन राई सवार गाडीमा बम प्रहार भएको दुई घण्टा पनि बित्न नपाउँदै संखुवासभामा चुनावी प्रचारमा हिँडेका दुई उम्मेदवारमाथि बम प्रहार भएको छ। संखुवासभा जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुमाथि बम प्रहार भएको छ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र गौतम र प्रदेशसभा सदस्य उम्मेदवार पूर्णप्रसाद राईलाई लक्षित गरेर बम विस्फोट गराइएको हो। सभापोखरी गाउँपालिका १ मा घरदौलो कार्यक्रममा व्यस्त रहेको बेलामा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

बम कसले विस्फोट गराएको पत्ता लगिनसकेको र विस्फोट गाराउने समूहको खोजी भइरहेको गौतमले बताए।  विस्फोटबाट कुनै मनवीय क्षति भएको छैन। अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.