|

काठमाडौं: माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘शेरबहादुर’को आइटम गीत रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यस फिल्मको गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक ‘कान्छी मट्याङ्ग ट्याङ्ग’ बोलको गीतमा कोसिस क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ। गयनमा कोसिसलाई मीना निरौलाले साथ दिएकी छन्। सार्वजनिक उक्त गीतको भिडियोमा मेनुका प्रधानले आइटम डान्स गरेकी छन् भने उनलाई नायक कर्माले साथ दिएका छन्।

'धिराज प्रोडक्सन'को व्यानरमा निर्मित ‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन्। फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रवीन्द्र झालगायतका कलाकारको अभिनय छ। यस फिल्ममा सुनिल थापाले 'शेरबहादुर'को भूमिका निर्वाह गरेका छन्।

गीत हेर्नुहोस्:

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.