राजनीति

एमालेले विष्णु रिमाललाई तोक्यो निर्वाचनको प्रवक्ता
SHARES

कात्तिक २८, २०७४

    काठमाडौं: मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिचालनका लागि नेकपा एमालेले विष्णु रिमाललाई प्रवक्ता तोकेको छ। एमाले पोलिटब्युरो सदस्य रिमाललाई आगामी निर्वाचनका लागि आधिकारिक सूचना सम्प्रेषण पुष्टि तथा मिडिया समन्वयका लागि प्रवक्ताको जिम्मेवारी दिइएको हो।

    निर्वाचन परिचालन कमिटीका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बैठकले रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकेको परिचालन कमिटीद्वारा जारी विज्ञप्तिमा बताइएको छ। बैठकले निर्वाचनको क्रममा थप समन्वयको जिम्मा अन्य नेतालाई दिएको छ।

    बैठकले निर्वाचन आयोगतर्फ समन्वयका लागि पोलिटब्युरो सदस्य अग्नि खरेल र प्रशासनतर्फ समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य युवराज कार्कीलाई दिएको छ। बैठकले कमिटीको सदस्यमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई थप गरेको छ। 

    बैठकले विभिन्न जिल्लामा वाम गठबन्धनका उम्मेदवारमाथि भइरहेको आक्रमण र निर्वाचन आचारसंहिताविपरितका कामप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]