|
फाइल फोटो

काठमाडौं : किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ। अहिले उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ। औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन्।

यस्तो छ मूल्य श्रृङ्खला
१. किसानले आफ्नो बारीमा औसतमा २ महिना लगाएर तरकारी उत्पादन छन्। तरकारी बजारमा पहुँच बिहिन किसानले स्थानीय संकलन केन्द्रले तोकेको दर भाउमा तरकारी बेच्छन्। जुन भाउले किसानको मेहनत पाउँदैनन्। ‘हरेक दिनजसो आँखैअघि आफ्नो उत्पादन आधा नाफा खाएर व्यवसायीले विक्रि गर्छन, हेरेर बस्नुको विकल्प छैन। तरकारीको मूल्य पनि व्यापारीले नै निर्धारण गर्छन्। प्रतिवाद गरौं भने तरकारी बिक्री हुँदैन, नबेचौं जिविका चल्दैन’ धादिङस्थित धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजेल गुनासो गर्छन्।

२. स्थानीय संकलन केन्द्रले तरकारी बिक्री हुने सहरी क्षेत्रमा प्रतिकिलो १ देखी ५ रुपैयाँ नाफा लिएर पठाउँछन्। गाउँको संकलन केन्द्रले यसका लागि कुनै लगानी गरेका छैनन्। सडकको पेटी वा चोकको छेऊमा त्रिपाल ओछ्याएर तरकारी राखिएको हुन्छ। बेलुका ट्रक आएर तरकारी सोही ठाउँबाट उठाउँछन्। गाउँका संकलन केन्द्रबाट उपभोक्तालाई तरकारी बिक्री गर्ने थोक व्यापारी होइन, विभिन्न बजारमा तरकारी बिक्री गर्ने व्यवसायीसँग सम्पर्क भएका ठूला थोक व्यापारी कहाँ पुग्छ।

३. काठमाडौं उपत्यकाको हकमा सबैभन्दा धेरै कालिमाटी बजारमा तरकारी आइपुग्छ। ट्रक र कण्टेनरमा आउने तरकारी ठूला थोक व्यापारीले स्टल लिएर बसेका अन्तिम थोक व्यापारीलाई दिन्छन्। ठूला थोक व्यापारीले पनि स्टल राखेका छन्। दुवै व्यापारीको प्रत्यक्ष भेटघाट हुने भएका कारण नाफाको दर आपसी समझदारीमा तय गर्छन्।

४. कालिमाटीमा स्टल लिएकार केही थोक बिक्रेताले सोझै संकलन केन्द्रबाट तरकारी आपूर्ति पनि गर्ने गरेका छन्, तर यस्ता थोकको संख्या कम छ। अन्तिम थोक बिक्रेताले खुद्रामा बिक्री गर्ने तरकारीको भाउ निर्धारण गर्न भेला बस्छन्। र, तराईका विभिन्न जिल्लादेखि उपत्यका आसपासका जिल्लादेखि ल्याएको तरकारीको परिमाण र ढुवानी लागतसबै हिसाब गरी प्रचुर नाफा राखेर खुद्राका लागि थोक मूल्य गर्छन्।

५. उपभोक्तालाई तरकारी उपलब्ध गराउने पसले, ठेलागाडा सञ्चालक, साना तरकारी बजारका व्यवसायीलगायत प्रत्येक दिन बिहान कालिमाटीको थोक बजार पुग्छन्। त्यहाँ आलु, प्याज प्रतिबोरा, गोलभेँडा प्रति क्यारेट र अन्य तरकारी ढक (प्रति पाँच किलो) मा बिक्री हुन्छन्। त्यहाँबाट खरिद गर्नेले उपभोक्तालाई आफैले निर्धारण गरेको भाउमा बिक्री गर्छन्।

६. खुद्रा पसलेकहाँ पुगेर दिनहँु बार्गिनिङ गरी तरकारी खरिद गर्नु उपभोक्ताको नियति बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.