|

चितवन :  कालिका नगरपालिका–२ स्थित लंकालाइनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। राति करिव १ः ३० बजे तीन जना सवार ना ४६ प ९३४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको हो। 

लंकालाइनबाट भरतपुरतर्फ जाने क्रममा भएको दुर्घटनामा परी मोटरसाइकल चालक रत्ननगर नगरपालिका– ११ का ३१ वर्षीय विवेक दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २५ वर्षीय दुखीराम दराई र कालिका नगरपालिका ३ का ३१ वर्षीय अविनाश महतो घाइते भएका छन्।

कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उनीहरूको उपचार भइरहेको छ। उनीहरुले मादक पदार्थ खाएर  मोटरसाइकल चलाएको प्रहरीको अनुमान छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.