|

इलाम : मेची राजमार्गको किटेनी–कोल्बुङ सडक खण्डको रोङ गाँउपालिका– ४ मा रोड रोलर बोकेको ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा रोलर चालक ३८ वर्षीय भीम नेम्वाङको मृत्यु भएको हो।

झापाबाट रोड रोलर बोकेर इलाम तर्फ आउदै गरेको ना ४ ख ३६९ नम्बरको ट्रक पिकअप टुटेर सडकबाट अन्दाजी दुई सय ५० तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ।

घाइते ट्रक चालक इलाम नगरपालिका १० बस्ने ४६ वर्षीय सिंहराज महत र सहचालक सुनसरी भलुवाइ गाउँपालिकाका १५ वर्षीयको करण बीसीलाई उपचारका लागि झापास्थित बीएण्डसी अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख पदम राईले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.