समाज

चितवनको सौराहामा आजदेखि भैँसी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन
SHARES

कात्तिक २९, २०७४

    चितवन : चितवनको सौराहामा आजदेखि भैँसी विज्ञहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा हुन लागेको सम्मेलनमा विभिन्न ११ देशका भैसी विज्ञहरुको सहभागिता रहने बताइएको छ। ‘भैँसीको उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ नेपालमा नै पहिलो पटक चितवनमा हुन लागेको ३ दिने सम्मेलनमा भैँसीका विशेषज्ञ तथा अनुसन्धानकर्ता एवम् वैज्ञानिकहरूको सहभागिता रहने विश्वविद्यालयका उपकुलपति डा. आइपी ढकालले जानकारी दिए।

    सम्मेलनमा नेपाल भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेिरका र क्यानडाका गरी झण्डै ५५ जना विदेशी विज्ञसहित २ सय जना प्रतिनिधिहरुको सहभागिता रहने छ। कार्यक्रममा ‘इन्टरनेशलन बफेलो फेडेरेशेन’का महासचिव प्राध्यापक डा. एन्तेनियो बर्गिस र पाकिस्तानको भेटेनरी विश्वविद्यालयका प्राध्यापक नासिम अहमदको विशेष प्रस्तुति रहने रहने डा. ढकालले बताए।

    भैँसीको अनुवांशिक गुण वृद्धि गरी उत्पादन बढाउने र पोषण, स्वास्थ्य तथा भैँसीको व्यवस्थापनका विषयमा सम्मेलन केन्द्रित हुनेछ। सम्मेलनमा भैँसीको बाली लाग्ने समय परिवर्तन र विकासका विषयमा समेत अनुभव आदानप्रदान गरिने आयोजकले जनाएको छ। चितवनको रामपुरलाई पशुको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने योजना रहेकाले सो विषयमा समेत छलफल हुने सम्मेलनमा ९० वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुँदैछन्।

    सम्मेलनमा अमेरिकाको मिथिगन स्टेट युनिभर्सिटी तथा फ्लोरिडा युनिभर्सिटी तथा नेपालको पशु सेवा विभाग, नार्क लगायत संघ–संस्थाको सहयोगमा शुरु हुन लागेको हो । डा. ढकालका अनुसार नेपालमा ५२ लाख भैँसीहरु छन्। मासुमा भैँसीले ५७ प्रतिशत ओगटेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • Kul bahadur kulala

    १.भैँसी को ऋितु चक्र इरेगुलर हुन्छ किन ? २. भैँसी कोAI गर्दा हिड मा आएको कति समय पछि AIगर्नु उपयुक्त हुन्छ ?

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]