|

दमक (झापा) : त्रिवेणी गेस्ट हाउसमा शनिबार भएको व्यवसायीको हत्यामा संलग्नलाई कारबाही नभएको भन्दै दमकमा विद्यार्थीहरुले विरोध र्‍याली निकालेका छन्। गेष्ट हाउसका व्यवस्थापक समेत रहेका स्थानीय हिमालय माविमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीय राजेश मल्लिक गत शनिबार हत्या गरिएको अवस्थामा फेला परेका थिए।

प्रहरीले अझैसम्म हत्यारा पत्ता नलगाएको भन्दै दमकका क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विरोध र्‍याली निकाली नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। हत्यारालाई जति सक्दो चाँडो कारबाहीको माग गर्दै र्‍याली निकालेको दमक बहुमुखी क्याम्पसका स्ववियू सचिव रोशन भण्डारीले जानकारी दिए। दोषीले उन्मुक्ति नपाओस् र पीडित परिवारले न्याय पाओस भन्न उदेश्यले र्‍याली निकालिएको स्ववियू सभापति विनोद चापागाईँले बताए। 

अनुसन्धान अन्तिम चरणमा
मल्लिकको हत्या बारेको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दमक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले भने, ‘हामी अनुसन्धानको अन्तिम चरणमा पुगेका छौं, केही दिनमामै कुरा हामी सार्वजनिक गर्नेछौं।’ संलग्नका बारेमा बिभिन्न पहिचान प्राप्त भएको र सोही आधारमा अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए। 

सुपरमार्केट अझै बन्द
मल्लिकको हत्या पछि सो गेष्टहाउस रहेको सुपरमार्केट अझै बन्द छ। हत्या पछिको त्रास र शोकका कारण मार्केटमा रहेका एक दर्जन भन्दा पसल खुल्न नसकेका हुन्। सो सुपरमार्केटमा होटल, गेष्टहाउस, इलेक्ट्रोनिक्स, कपडा, रेमिट्यान्स, डेण्टल, सहकारी संस्था लगायतका एक दर्जन भन्दा पसलछन्।  मल्लिकको हत्याले अधिकांश व्यवसायी शोक र त्रासमा  रहेका कारण व्यवसाय सहज हुन नसकेको व्यवसायी सन्तोष अधिकारीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.