|

जमुना राई-

    भोजपुर  : पूर्वमन्त्री शेरधन राईमाथि बम प्रहार भएपछि देशमा स्थायित्व नचाहानेहरुले भोजपुरमा ठूलो गिरोह परिचालन गरेको वाम गठबन्धनको निष्कर्ष रहेको छ। मंगलबार शेरधन राईलाई लक्ष्य गरेर अज्ञात समूहले  बम प्रहार गरेको थियो। वाम गठबन्धनका उम्मेदवारहरुले बुधबार मिडिया सेन्टर भोजपुरमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।

    यसभन्दा अगाडिसमेत भोजपुर जिल्लामा रहस्यमय घटनाका दोषी हालसम्म पत्ता नलाग्नु र पूर्वमन्त्रीमाथि नै बम प्रहार हुनु गम्भीर विषय रहेको प्रतिनिधिसभाका उम्मेदवार सुदन किरातीले बताए।

    त्यस्तै, कार्यक्रममा पूर्वमन्त्री एवं वाम गठबन्धन प्रदेशतर्फ क्षेत्र नं २ का उम्मेदवार शेरधन राईले यो घटना सुनियोजित हिसाबले आफ्नो राजनीतिक इतिहासलाई समाप्त गर्ने उद्देश्यले गरिएको बताए। आपूmले राष्ट्रको काम गर्दा कसैलाई असर पर्ने काम नगरेको समेत दाबी गरे।

    उनले यो घटना विप्लव समूहको कम्युनिस्ट पार्टीलाई इंगित गर्दै यो घटनाको विषयमा जसलाई शंका गरिएको छ त्यस समूहले नभएर वामपन्थी शक्तिहरुको विजयबाट आत्तिएका तत्वहरुको हार मानसिकताको पराकाष्ठ रहेको दाबी गरे। कार्यक्रममा क्षेत्र नं १ का वाम गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राईले सुरक्षा निकाय गम्भीर भएर उमेदवारहरुको सुरक्षमा लाग्नु पर्ने बताए।  

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.