समाज

अस्पताल जाँदै गर्दा बाटोमै सुत्केरी
SHARES

कात्तिक २९, २०७४

    कालिकोट : मुगुको छायानाथ रारा नगरपालिका १० जिउलाकी २२ वर्षीया सरस्वती नेपाली मंगलबार दिउँसो बाटौमै सुत्केरी भएकी छन्। सुत्केरी व्यथाले च्यापेपछि हिँडेर जिल्ला अस्पताल जाँदै गर्दा बाटोमा सुत्केरी भएकी हुन्।

    घरमा कोही नभएको र सुत्केरी व्यथाले च्यापेपछि एक्लै हिँडेर जिल्ला अस्पताल जाँदै गर्दा श्रीनगरघाटस्थित बाटोमा छोरा जन्माएको घाट प्राविका प्रधानाध्यापक गगनबहादुर शाहीले बताए। ‘बाटोमा सुत्केरी भएको देखेपछि टेलिफोनबाट मैले स्थानीयलाई खबर गरेँ।’

    उनले भने, ‘त्यसपछि स्थानीयले स्टेचरमा राखेर सुत्केरीलाई अस्पताल पुर्‍याएका थिए।’ सरस्वती र उनको बच्चाको अवस्था सामान्य रहेको डा. डबल मल्लले बताए। ‘आमा र छोराको अवस्था सामान्य रहेको छ’ उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]